सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ३३ हजार १ सय

काठमाडौं । आज सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर