आज आइतबार सुनचाँदीको भाउ आकाशियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले बढेको हो ।

यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा दुई लाख २३ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि ७० रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा दुई हजार ८ सय १० रुपैयाँमा कायम भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला दुई हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर