आज बिहीबार सुनमा १७ सय र चाँदीमा १५ रुपैयाँ घट्यो
काठमाडौं । हिजो बुधबार उच्च मूल्यबाट आज बिहीबार सुनको भाउ प्रतितोला १७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँ तोकेको छ । हिजो बुधबार हालसम्मकै उच्च २ लाख २३ हजार रुपैयाँ थियो ।
चाँदीको भाउ आज बिहीबार प्रति तोला १५ रुपैयाँ घटेको छ । हिजो बुधबार प्रति तोला २७ सय रुपैयाँ रहेको चाँदी आज २६८५ रुपैयाँमा झरेको छ । हिजो बुधबार चाँदीको भाउ पनि हालसम्मकै उच्च थियो ।
प्रतिक्रिया
