मन्त्री परियारको दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिबद्धता

काठमाडौं ।  नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेकाे कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै मन्त्री परियारले नेपाल र कोरियाबीच आलु र धानबालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गर्नुभएको छ ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले चुनावलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उहाँको भनाइ छ । मन्त्री परियारले दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर