सेयर बजार भोलि असोज २ गते बिहीबारदेखि खुल्ने

काठमाडौं। सेयर बजार भोलि असोज २ गते बिहीबारदेखि खुल्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज एक सूचना जारी गर्दै सेयर बजार असोज २ गतेदेखि खुल्ने जानकारी गराएको हो।
यसअघि बुधबारदेखि नै बजार खोल्ने तयारी गरिएपनि प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा आज असोज १ गते शोक दिवस मनाउनका लागि सरकारले सार्वजनिक बिदा दिएसँगै नेप्सेले बिहीबारदेखि खोल्ने सूचना सार्वजनिक गरेको हो ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सेयर कारोबार साबिकबमोजिम सुचारु गरिने नेप्सेले जनाएको छ। जेनजी आन्दोलनका कारण भदौ २५ गतेदेखि सेर बजार बन्द रहेको छ।
प्रतिक्रिया