सुन तोलाको २ लाख १२ हजार, चाँदी तोलाको २५ सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज आइतबार अस्ति शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यको बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अस्ति शुक्रबार सुन तोलाको २ लाख १० हजार ४ सय रुपैयाँ रहेकोमा आज आइतबार २ लाख १२ हजार रुपैयाँ कायम भई नयाँ रेकर्ड स्थापना भएको छ । अस्ति शुक्रबारको तुलनामा आज आइतबार सुन तोलामा १६ सय रुपैयाँ वृद्धि भई अहिलेसममकै नयाँ रेकर्ड बनाएको हो ।

त्यस्तै आज आइतबार अस्ति शुक्रबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँ वृद्धि भई तोलाको २ हजार ५ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार अस्ति शुक्रबार चाँदीको मूल्य २ हजार ४ सय ९० रुपैयाँ थियो । चाँदी प्रति तोलाको मूल्य पनि वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर