आज शुक्रबार सुन तोलाको २ लाख १० हजार ४ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा हिजो बिहीबार स्थिर रहेको सुनचाँदीको मूल्य आज शुक्रबार बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अस्ति बुधबार सुन तोलामा २ हजार रुपैयाँ वृद्धि भई नयाँ रेकर्ड बनाएकोमा आज शुक्रबार सुन तोलामा २५ सय रुपैयाँ बढेर तोलाको २ लाख १० हजार ४ सय पुगेको छ । जुन यो मूल्यको रेकर्ड अहिलेसम्मकै उच्च हो ।

त्यस्तै आज शुक्रबार चाँदी तोलाको २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार अस्ति बुधबार चाँदीको मूल्य २ हजार ४ सय ८० रुपैयाँ थियो । आज चाँदी प्रति तोला १० रुपैयाँ बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर