आज बिहीबार सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । हिजो बुधबार सुन तोलामा २ हजार रुपैयाँ वृद्धि भई नयाँ रेकर्ड बनाएको थियो । जुन रेकर्ड अहिलेसम्मकै उच्च हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज बिहीबार चाँदी तोलाको २ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार हिजो बुधबार पनि चाँदीको मूल्य २ हजार ४ सय ८० रुपैयाँ थियो ।
प्रतिक्रिया