आज बुधबार सुनमा २ हजार बढ्यो भने चाँदीमा तोलामा ५ रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज बुधबार हिजो मंगलबारको तुलनामा सुन तोलामा २ हजार रुपैयाँ वृद्धि भई फेरि नयाँ रेकर्ड बनाएको छ । यो रेकर्ड अहिलेसम्मकै उच्च हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो मंगलबार सुन तोलाको २ लाख ५ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै आज बुधबार हिजो मंगलबार तुलनामा चाँदीको मूल्य घटेको छ । आज बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेको महासंघले जनाएको छ । आज बुधबार चाँदी तोलाको २ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी तोलाको २ हजार ४ सय ८० रुपैयाँ थियो ।
प्रतिक्रिया