आज मंगलबार नेप्से परिसूचक ओरालोतर्फ

काठमाडौं । लगातार दुई दिनको उच्च गिरावटपछि हिजो सोमबार दोहोरो अंकले बढेको शेयर बजार आज मंगलबार पुन ओरालो लागेको छ । गत बिहीबार र आइतबार गरेर दुई दिनको अवधिमा ७० अंकले घटेको नेप्से सोमबार १२ अंकले बढेको थियो । तर, मंगलबार भने झण्डै २० अंकले ओरालो लागेको छ।

मंगलबार बजार मापक नेप्से परिसूचक १९.८९ अंकले घटेर २७ सय ४१ दशमलव ९७ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ। अरु उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर