आज मंगलबार सुनमा ६ सय र चाँदीमा १५रुपैयाँ वृद्धि

काठमाडौं ।  नेपाली बजारमा आज मंगलबार हिजो सोमबारको तुलनामा ६ रुपैयाँ वृद्धि भई फेरि नयाँ रेकर्ड बनाएको छ । यो रेकर्ड अहिलेसम्मकै उच्च हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ५ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो सोमबार सुन तोलाको २ लाख ५ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै आज मंगलबार हिजो सोमबार तुलनामा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ बढेको महासंघले जनाएको छ । आज मंगलबार चाँदी तोलाको २ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदी तोलाको २ हजार ४ सय ७० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर