आज सोमबार सुनमा १७ सय र चाँदीमा २५ रुपैयाँ वृृद्धि

काठमाडौं । नेपाली बजारमा आज सोमबार हिजोआइतबारको तुलनामा १ हजार ७ रुपैयाँ वृद्धि भई फेरि नयाँ रेकर्ड बनाएको छ । यो रेकर्ड अहिलेसम्मकै उच्च हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ५ हजार ३ सय निर्धारण गरिएको छ । हिजो आइतबार सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै आज सोमबार हिजो आइतबार तुलनामा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँ बढेको महासंघले जनाएको छ । आज सोमबार चाँदी तोलाको २ हजार ४ सय ७० रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदी तोलाको २ हजार ४ सय ४५ रुपैयाँ थियो ।
प्रतिक्रिया