आज मंगलबार सुनमा १५ सय र चाँदीमा ५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रति तोला १५ सय रुपैयाँले बढेको हो ।

मूल्यवृद्धिअनुसार आज मंगलबार सुन तोलाको १ लाख ९८ हजार ७ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो सोमबार सुन तोलाको १ लाख ९७ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै आज मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आज मंगलबार चाँदी तोलाको २ हजार ३ सय ६० कायम भई कारोबार भइरहेको छ । हिजो सोमबारको चाँदी प्रति तोलाको मूल्य २ हजार ३ सय ५५ रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर