आज बिहीबार सुनमा १३ सय र चाँदीमा ३५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य प्रति तोला एक हजार ३०० रुपैयाँले बढेको हो । यससँगै आज बिहीबार सुन प्रति तोला १ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज बिहीबार चाँदी तोलाको २२ सय ९० रुपैयाँ कायम भएको छ । हिजो बुधबार चाँदी प्रति तोला २२ सय ५५ रुपैयाँ थियो ।
प्रतिक्रिया