यातायात विभागको असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्न निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको छ ।

विभागले आज मंगलबार एक सूचना जारी गर्दै  प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सवारी धनीलाई निर्देशन दिइएको हो ।

विभागले  जारी गरेको सूचनामा भनेको छ,‘सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागी सबै सवारी धनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई  हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर