आज सोमबार सुनमा ८ सय र चाँदीमा ५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज सोमबार बढेर तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार तोलामा २ हजार ३ सय १० रुपैयाँ मूल्य कायम भएको चाँदीको मूल्य आज सोमबार बढेर प्रति तोला २ हजार ३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया