सेयर बजारमा गिरावटको क्रम जारी

काठमाडौं ।  सेयर बजारमा गिरावट आउने क्रम बुधबार समेत निरन्तर रह्यो । १०.५० अकंले घटेको बजार २७८५.७४ बिन्दुमा झरेको छ । आज ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोडको कारोबार भएको हो ।

आज बजारमा ६ उपसूचकमा हरियाली देखिएपनि ७ उपसूचक भने राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, हाइडोपावर समूहको ०.२१ प्रतिशतले घटेको छ । बुधबार ८९ कम्पनीको सेयरमूल्य बढेको छ भने १५९ कम्पनीको घटेको हो ।

आज सबैभन्दा धेरै बलेफि हाइड्रोपावरको कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर