आज बिहीबार सुनको मूल्य स्थिर

काठमाडौं ।  नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कायम भएको छ । हिजो बुधबार सामान्य घटेर यस मूल्यमा कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज बिहीबार चाँदीको मूल्य प्रतितोला २३ सय १५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार चाँदी प्रतितोला २३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर