नेप्सेमा दोहोरो अंक वृद्धि, ८ अर्ब ५३ करोडमाथि कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा कायम भएको छ । नेप्सेमा आज बिहीबार ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.८१ प्रतिशतका दरले कमाएका छन् । यस्तै, बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाएका छन् । उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ८ प्रतिशतका दरले गुमाए ।
यसदिन लिबर्टी इनर्जीको सर्वाधिक ३९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ३६ करोड ९३ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको २३ करोड २८ लाचख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया