नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम घट्यो

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर किनबेच हुदा ७ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले आज यस  कम्पनीका लगानीकर्ताले ३७८ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ङादी ग्रुप पावरको सर्वाधिक २९ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर