आज सुन तोलामा १ सय रुपैयाँ घट्यो

काठमाडौं । आज  बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९८ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर