नेप्से परिसूचक १६.४६ अंकले वृद्धि, कारोबार १० अर्ब ८२ करोड

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५..३६ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७३ प्रतिशतका दरले कमाएका छन् । यस्तै श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले कमाएका छन् । आज ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

यस दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५५ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ४३ करोड ६४ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको ३७ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर