आज सुन तोलामा ३४ सय र चाँदीमा १५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । एकै दिन तोलामा ३४ सय रुपैयाँले बढेर आज एक लाख ९६ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन प्रतितोला एक लाख ९३ हजार १ सयमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २ सय ५० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदी प्रतितोला दुई हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर