नेप्सेमा ३१.५० अंकको गिरावट, १५ अर्ब ९८ करोडको कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ट्रेड टावर कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले ९.९७ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् ।
भुगोल इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाए। यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३३ करोड माथिको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३५ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको ६९ करोड ९लाख रुपैयाँको सेयर कारोबार भएको छ।