आज बुधबार नेप्से उच्च अंकले ओरालोतर्फ

काठमाडौं । पछिल्लो एक महिना यता बुलिश प्रवृतिमा देखिएको शेयर बजार मंगलबार ३ हजारको विन्दुमा उक्लिएको थियो । तर, बुधबार भने उच्च अंकले ओरालो लागेको छ । छोटो समयमा नाफा गर्ने अल्पकालीन लगानीकर्ताहरु प्रोफिट बुकिङमा सक्रिय भएपछि बुधबार नेप्से झन्डै ५० अंकले घटेको छ ।

आज बुधबार नेप्से परिसूचक ४७.९३ अंक घटेर २९५४.१४ विन्दुमा झरेको छ। पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से आज घटेको हो । नेप्से ३००० विन्दुमाथि बन्द भएको थियो । बिक्रीमा चाप पर्दा नेप्से ३ हजारको विन्दुमा अड्न सकेन ।

यो साताको पहिलो दिन आइतबार १८.४५ अंकले करेक्शन भएको बजार सोमबार ७।१० अंकले बढेको थियो भने मंगलबार ३०।७६ अंकले बढेको थियो । आइतबार २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो। सोमबार १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँको कारोबार भएकोमा मंगलबार १८ अर्ब ५२ करोड २९ लाख बराबरको कारोबार भएको थियो । बुधबारको बजारमा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

सान्भि इनर्जी र ट्रेड टावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.०४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३२ करोड १२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ७३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ५७ करोड नाघेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर