आज नेप्से परिसूचक ३०.७६ अंकको छलाङ

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ ।

आज मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर कम्पनी र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सर्वाधिक ८.६० प्रतिशतका दरले गुमाए ।

यसदिन हिमालयन डिष्टिलरीको सर्वाधिक ६४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा ग्रिन भेञ्चरको ६३ करोड ८२ लाख रुपैयाँ र तेस्रोमा नेपाल पुनर्बीमा कम्पनीको ५६ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर