शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । हिजो पनि अमेरिकी डलर आजकै मूल्यमा किनबेच भएको थियो ।
युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १७३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रूपैयाँ ३८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । सिंगापुर डलर एकको खरिददर १०८ रूपैयाँ र बिक्रीदर १०८ रूपैयाँ ४७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ४१ पैसा र बिक्रीदर नौ रूपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २८ पैसा र बिक्रीदर १९ रूपैयाँ ३६ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २७ पैसा र बिक्रीदर चार रूपैयाँ २९ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा तोकिएको छ ।
मलेसियन रिंगेट एकको खरिददर ३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रूपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०७ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा तोकिएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४ रूपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ७१ पैसा र बिक्रीदर २१ रूपैयाँ ८१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १७ रूपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३० पैसा र बिक्रीदर ४५४ रूपैयाँ २७ पैसा निर्धारण गरेको छ ।
बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ६३ पैसा, ओमानी रियाल एकको खरिददर ३५८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ८९ पैसा रहेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंककले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।