निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको बताएका छन् ।प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु. दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखबराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएको हो ।
आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कुल निर्यात रु. एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उनले उल्लेख गरे छ । प्रधानमन्त्री ओलीले लेखेका छन् , “यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ । रु. दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु. एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”