आज बिहीबार सुनमा २४ सय र चाँदीमा १५ रुपैयाँ घट्यो

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै आज बिहीबार चाँदीको मूल्य प्रति तोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया