आज पनि नेप्से परिसूचकमा ५.१७ अंक वृद्धि

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा आईपुगेको छ । नेप्सेमा यसदिन ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ९७ करोड माथिको सेयर कारोबार भएको छ ।

आज ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ग्रिन भेञ्चरका लगानीकर्ताले ९.४० प्रतिशतका दरले कमाउँदा लिबर्टी इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

भुगोल इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ५.३२ प्रतिशतका दरले गुमाए । यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ७८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ७५ करोड २९ लाख रुपैयाँ र तेस्रोमा निफ्राको ६२ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर