आज सुनमा २१ सय र चाँदीमा ३० रुपैया वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदी दुबैको मूल्य बढेको छ। सुनको मूल्य आज प्रति तोला दुई हजार एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य बढेर सुन आज तोलाको एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो मंगलबार सुनको मूल्य प्रति तोला १ हजार आठसय रुपैयाँ बढेर एकलाख ९५ हजार पाँचसय रुपैयाँ पुगेको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर दुई हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो मंगलबार चाँदी प्रति तोला दुई हजार ३ सय २० रुपैयाँ थियो । चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर