आज मंगलबार सुन तोलामा १८ सय र चाँदीमा ३५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन एक तोलाको मूल्यमा १८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रति तोला १ लाख ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । हिजो सोमबार सुन प्रति तोलाको मूल्य १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो ।

यसैगरी आज मंगलबार चाँदीको मूल्य हिजो सोमबारको तुलनामा प्रति तोला ३५ रुपैयाँ बढेर दुई हजार ३ सय २० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रति तोला दुई हजार २ सय ८५ रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर