नेप्सेमा २१.७६ अंकको वृद्धि, १६ अर्ब ३२ करोडको कारोबार

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको छ । नेप्सेमा यसदिन ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ ।

आज थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । आज ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाए ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर