पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोना संक्रमणबाट ७४ वर्षे महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।
चरक अस्पतालमा उपचाररत उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । गण्डकीमा अहिले कोरोना संक्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।
प्रतिक्रिया