आज सोमबार सुनको भाउमा चार सय रुपैयाँ वृद्धि

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको भाउमा चार सय रुपैयाँ बढेको छ । हिजो आइतबार प्रति तोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रति तोला २, २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर