केही दिन यता सुनचाँदी दुबैको मूल्यवृद्धि

काठमाडौं ।  नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर