नेप्सेमा २९ अंकको वृद्धि, ११ अर्ब १४ करोड माथिको कारोबार

काठमाडौं ।  साताको पहिलो कारोबार सेयर बजार नेप्से परिसूचक ३१.०८ अंकले बढेर २७६०.८० को विन्दुमा आएको छ । आज  नेप्सेमा ३११ कम्पनीको ३ करोड ३२ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १४ करोड माथिको सेयर कारोबार भएको छ ।

आज एनआइसि एसिया बैंक र खानी खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै जीवन विकास लघुवित्तका लगानीकर्ताले ९.६१ प्रतिशतका दरले कमाएका छन् ।

एनआइसि एसिया बैंकको आज सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको आज ३१ करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्फ्राइन्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड ५३ लाख ५३ हजार रुपैयाँ र सानिमा बैंकको २५ करोड १८ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।  आज  हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९३ प्रतिशतका दरले गुमाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर