पाटनमा फाइबर टु हामे सेवा प्रभावित हुने

काठमाडौं ।  नेपाल टेलिकमले ललितपुरको पाटन कार्यालयअन्तर्गत एकान्तकुना, थसिखेल, महालक्ष्मी स्थानलगायतका क्षेत्रहरूमा सञ्चालनमा रहेको फाइबर टू द होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत तथा सम्हार कार्य गर्न लागेको छ।

एफटीटीएच मर्मतका क्रममा आज साउन २५ गते (बुधबार) बेलुका ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म मर्मत कार्य हुने भएकाले बिहान ती स्थानहरूमा टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ।

सेवा अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति कम्पनीले ग्राहकसमक्ष क्षमायाचना गरेको छ। साथै, जानकारीका लागि ग्राहकलाई समयमै सूचित गरिएको टेलिकम ले जनाएको छ । टेलिकमले निर्धारित समयभन्दा अगावै मर्मत कार्य सकिने सम्भावनासमेत रहेको टेलिकमले जनाएकाे छ । थप जानकारी वा सेवा सम्बन्धी सहायता आवश्यक परेमा ग्राहक सेवा केन्द्र १९७ वा पाटन कार्यालयको ०१–५४५३३६३ मा सम्पर्क गर्न टेलिकमले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर