भारतकै भरमा वीरगञ्ज — आयात ४ खर्ब नाघ्दा, निर्यात १ खर्ब पनि पुगेन

काठमाडौं । वीरगञ्ज नाकाको आर्थिक चालपट्टी हेर्दा एक कुरा प्रष्ट देखिन्छ — नेपाल आयातमा परनिर्भर, निर्यातमा कमजोर। चालु आर्थिक वर्षको ११ महिनामा मात्र ४ खर्ब ३४ अर्ब रुपैयाँभन्दा बढीको सामान भारतबाट नेपाल भित्रिएको छ। यो आयात कुल व्यापारको झन्डै ७७ प्रतिशत हो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार, यो नाका भारतसँगको व्यापारको प्रमुख केन्द्र बनेको छ। भारतपछि आयातका हिसाबले दोस्रो स्थानमा अर्जेन्टिना छ — जहाँबाट ४६ अर्ब ७४ करोड रुपैयाँ बराबरको सामान भित्रिएको छ। त्यस्तै, चीनबाट २८ अर्ब ८६ करोड मूल्य बराबरका सामग्री नेपाल ल्याइएका छन्।
११ महिनाको अवधिमा वीरगञ्ज हुँदै ५० मुलुकबाट ५ खर्ब ६५ अर्ब रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। तर निर्यातको अवस्थारु ९१ अर्ब ५१ करोड रुपैयाँ बराबरको मात्र वस्तु विदेशी बजारमा गएका छन्। त्यसमा पनि ९५ प्रतिशत हिस्सा भारतमै गएको छ।
भारतपछि दोस्रो ठूलो निर्यात गन्तव्य अमेरिका हो, जहाँ २ अर्ब १८ करोड मूल्यको सामान गएकाले कुल निर्यातको २।३८५ हिस्सा ओगटेको छ। त्यस्तै ६८ करोड बराबरका सामग्री अफगानिस्तान पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर