सुन तोलामा २९ सय र चाँदीमा १० रुपैयाँ घट्यो

काठमाडौं । आज शुक्रबार सुन तोलामा २९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ४०० सय कायम भएको छ । यसअघि हिजो बिहीबार सुन तोलाको १ लाख ९२ हजार ३०० रुपैयाँ थियो ।
आज शुक्रबार चाँदीको भाउमा पनि कमी आएकोे छ । चाँदीमा हिजो बिहीबारको तुलनामा आज शुक्रबार तोलामा १० रुपैयाँ घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदीको भाउ प्रति तोला २१ सय ७५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया