आज सुन तोलामा ३ सय र चाँदीमा ३५ रुपैयाँले वृद्धि

काठमाडौं । आज बिहीबार सुनको भाउ  ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि, हिजो बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर २१ सय ७५ रुपैयाँ कायम भएको छ । हिजो  बुधबार चाँदीको भाउ प्रतितोला २१ सय ४० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर