आज सुन प्रति तोलामा १७ सय र चाँदीमा १० रुपैयाँ घट्यो

काठमाडौं ।  आज मंगलबार बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १७ सय रुपैयाँले घटेर प्रति तोला एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। हिजो सोमबार सुन तोलाको एक लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदी प्रति तोलामा १० रुपैयाँले घटेर प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो सोमबार चाँदी प्रति तोलाको २१ सय ७० रुपेयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर