कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौं ।  कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको हो । ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित रातो भिरबाट सुक्खा पहिरो खस्दा भट्टेडाँडा हुँदै मकवानपुर जाने कान्ति लोकपथको सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आज बिहान परेको पानीका कारण बिहान ५ः२० बजे ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमास्थित भँडारे खोलामा लेदोसहतिको बाढी आउँदा  सिद्धिचरण लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । सडक विभागसँग समन्वय गरी खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर