आज सुन तोलामा ९ सय र चाँदीमा ६५ रुपैयाँ बढ्यो

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा ९ सय रुपैयाँ बढ्दा चाँदी तोलामै ६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन तोलाको १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९५ हजार रुपैयाँ कायम थियो । त्यस्तै हिजो तोलाको २ हजार १ सय ६० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर