बाढीले ह्युम पाइप बगाउँदा तातोपानी नाका ठप्प

काठमाडौं ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले हिजो राति परेको अविरल वर्षाका कारण भोटेकोशी–३ लार्चामा राखिएको ह्युम पाइप बगाएको जानकारी दिए ।

बेलिब्रिज बन्दै गरेकोले आवागमनमा सहज बनाउने उद्देश्यले ह्युम पाइप राखेर यातायात सञ्चालनमा ल्याइएको थियो । प्रहरी निरीक्षक राईका अनुसार लार्चामा सवारीसाधन अवरुद्ध भएको छ । उनका अनुसार यातायात सुचारु गर्न समय लाग्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर