आज सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज सोमबार सुनको मूल्य स्थिर रहेको छ। हिजो आइतबार चार सय रुपैयाँ बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो। आज सोही मूल्यमा सुन खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। एक तोला चाँदीको मूल्य २१ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो आइतबार पनि एक तोला चाँदीको सोही मूल्यमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया