आज आइतबार सेयर बजारमा सामान्य सुधार

काठमाडौं ।  आज आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१३ अंकले बढेर २६५७.५२ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से ९.०८ अंकले घटेर २६५५ विन्दुमा रोकिएको थियो ।

आज नेप्सेमा कुल ११ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल १२ अर्ब माथिको कारोबार भएको थियो । कारोबारमा आएकामध्ये ९० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ । आज ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्यांदी हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य दुई कम्पनीको मूल्य नौ प्रतिशत माथिले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर