सुन तोलामा चार सय वृद्धि, चाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलाको १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर