सुनचाँदी व्यवसायीहरूको काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सरकारको विलाशी कर र भ्याट नीतिका विरुद्ध आज बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलाशिताको वस्तु नभएकाले सुनमा लगाइएको कर र हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरेका हुन् ।

सरकारले सुनमा दुई प्रतिशत विलाशी कर र हिरा,  रत्न र पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको थियो । व्यवसायीहरूले भने सुनचाँदी कारोबारको लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी प्रष्ट नीतिनियमर निर्देशिका बनाउन सरकारसँग माग गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर