सत्तापक्ष र प्रतिपक्षी दलहरूबिचको बैठक निष्कर्षविहीन

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच आज बुधबार पनि गृहमन्त्रीको राजीनामा र छानविन समिति गठन गर्ने विषयमा सहमतिमा पुग्न नसक्दा प्रतिनिधिसभाको बैठक चल्न सकेको छैन । अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको संयुक्त बैठक बसेको थियो । तर उक्त बैठक निष्कर्षाविहीन भएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक(पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश हुन सकेको छैन ।